२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ



सिन्धुली । ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुलीमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको दुधौली नगरपालिका वडा नम्बर-१३ कुडुलेकी ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोही ठाउँका १६ वर्षीय तिलक रानामगर र उनकै भाइ कपिल रानामगरलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय डकाहाका प्रमुख सुगन्ध श्रेष्ठका अनुसार घरमा कोही नभएको मौका छोपी आइतबार दिउँसो १ बजे दाजुभाइ तिलक र कपिलले बालिकालाई गोठमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् । 

उनीहरुलाई सोमवार पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाएको छ । बालिकाको स्वास्थ्य चेकजाँच गर्न जिल्ला अस्पताल सिन्धुली लगिएको प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  १० : २७ बजे