२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिण-३ चनौटे डाँडामा बृहत सिचाइ आयोजना पालिका अध्यक्ष मुक्तान द्धारा समुद्घाटन



सिन्धुलीको मरिण गाउँपालिका–३ स्थित चनौटे डाँडा गाउँमा बृहत सिचाइ आयोजनाको उद्घाटन गरिएको छ । शुक्रबार ( साउन १६ ) एक अनौपचारिक कार्यक्रमबीच मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मुक्तानले आयोजनाको समुद्घाटन गर्नुभएको हो।

अध्यक्ष मुक्तानले मरिणले विजुलीलाई पहिलो प्राथमिकता दिए पनि सिचाइको क्षेत्रमा भएको यो कार्य अकल्पनीय भएको बताउनुभयो। उहाँले केवल सिचाइ मात्र नभई बाटो, खानेपानी र पूर्वाधार विकासको समेत कल्पना पुरा हुँदै गएको जानकारी दिनुभयो। “अब सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ, असोजदेखि काम सुरु हुनेछ ।”

अध्यक्ष मुक्तानले नागरिकका आधारभूत आवश्यकताहरू क्रमशः पूरा हुँदै गइरहेको र यद्यपि व्यक्तिगत विकास नदेखिए पनि सामूहिक सामाजिक परिवर्तन स्पष्ट रूपमा देखिन थालेको बताउनुभयो । “व्यक्तिकेन्द्रित विकासभन्दा पनि सामूहिक सामाजिक परिवर्तन के भयो, त्यो नागरिक स्वयंले मूल्याङ्कन गर्नुपर्छ,” उहाँको भनाइ थियो ।

सिचाइ योजनाबाट स्थानीय धेरै परिवार लाभान्वित हुने विश्वास व्यक्त गर्दै उहाँले “आफ्नो गाउँ, आफ्नो टोलको विकासका लागि सधैं प्रतिबद्ध छु” भन्नुभयो।
यस आयोजनामा संघीय सांसद राजन दाहालको पहल, वडा अध्यक्षको माग र पालिका अध्यक्षको समन्वय महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले पछिल्ला ५ वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको भन्दै त्यसको निष्पक्ष मूल्याङ्कन स्थानीयले गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गर्दै “झुक्किएर हावाहुरीतिर नलाग्न” नागरिकहरूलाई आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८२, १७ श्रावण शुक्रबार ००:००  ३ : १४ बजे