खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका जित बहादुर तामाङको घरमा आगलागी भएको छ। साउन १८ गते साँझ ६ बजेको समयमा घरभित्र रहेको चुलोबाट अचानक आगो सल्किदा करिब १३ लाखको क्षती भएको प्रहरीले जनाएको छ।
आगलागीबाट बाँसको चित्राको छाना भएको एकवटा दुइतले घर, घरभित्रका अन्नपात, भाडावर्तन, लत्ताकपडा, धनिपुर्जा, नागरिकता जलेर नष्ट भएको छ।
आगोलाई स्थानीय र प्रहरीले साँझ ६:४५ बजे पुर्णरुपमा नियन्त्रणमा लिएका थिए।












