सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाले काठमाडौंमा स्थायी रुपमा बसोबास गरिरहेका तथा विभिन्न जिल्लामा रहेका आफ्ना नागरिकहरूलाई लक्षित गरी एकीकृत सेवा प्रवाह शिविर २०८२ सुरु गरेको छ ।
“कृषि, पर्यटन, उर्जा, सहकारी र पूर्वाधार । सुशासन र पारदर्शितामा समृद्धिको आधार” भन्ने नारासहित आयोजना गरिएको उक्त शिविर साउन १९ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ ।
शिविरको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित नवदुर्गा पार्टी भेन्यु, सुकेधारामा गरिएको हो । शिविरमा नेचासल्यान गाउँपालिकाका नागरिकहरूलाई नागरिकता, जन्मदर्ता, विवाह दर्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसम्बन्धी परामर्श, कर सम्बन्धी जानकारी, वडा स्तरका सेवा, कागजात प्रमाणिकरणजस्ता विविध सेवा प्रदान गरिनेछ ।
शिविरमा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई , उपाध्यक्ष बिना राई , प्रसाशकीय अधिकृत, वडा अध्यक्ष, प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो , भने सेवाग्राहीहरूको पनि उल्लेख्य सहभागिता देखिएको थियो ।













