२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य : तोलाको दुई लाख नजिक



नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज (साउन २० गते) सुन एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यसअघि, गएको वैशाख ९ गतेको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । त्यसदिन सुन प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।


सोमबारको तुलनामा आज सुन १९ सय रुपैयाँले बढेको हो । सोमबार एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँ बढेर प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२, २१ श्रावण मंगलबार ००:००  ११ : ३५ बजे