२०८२, २३ मंसिर सोमबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तराखण्ड राज्यमा बाढीका कारण कैयौँ बेपत्ता,प्रधानमन्त्रीद्वारा दुख व्यक्त



भारतको उत्तराखण्ड राज्यमा अचानक आएको बाढीबाट प्रभावित एउटा गाउँमा उद्धार कार्य जारी छ। उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौँ हराइरहेको विवरणहरू आएका छन्।

भिडिओ फुटेजहरूमा उत्तरकाशी जिल्लामा पहाडी क्षेत्रबाट पानी र लेदोको तीव्र धार आइरहेको र भवनहरू बगाइरहेको देखिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले युद्धस्तरमा उद्धार तथा खोजी कार्य भइरहेको बताएका छन् ।

पहाडी क्षेत्रमा आकस्मिक बाढी र भूस्खलनका घटनाहरू अधिक देखिन थालेका छन् । कतिपय विज्ञहरूले जलवायु परिवर्तनका कारण यस्ता घटना भइरहेको बताएका छन् ।

प्रधानमन्त्रीद्वारा दुख व्यक्त
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा भएको प्राकृतिक प्रकोपप्रति दुःख व्यक्त गरेका छन्।

उनले एक्समा पोस्ट गर्दै लेखेका छन्, उत्तरकाशीको धरालीमा भएको यो विपत्तिबाट प्रभावित मानिसहरूप्रति म समवेदना व्यक्त गर्दछु । मैले मुख्यमन्त्री पुष्कर धामीजीसँग कुरा गरेर स्थितिको बारेमा जानकारी लिएको छु । राहत र उद्धार टोलीहरूले राज्य सरकारको निगरानीमा हरसम्भव प्रयास गरिरहेका छन् । मानिसहरूलाई सहयोग पु¥याउन कुनै कसर बाँकी राखिने छैन ।

प्रकाशित मिति : २०८२, २२ श्रावण बुधबार ००:००  १० : २९ बजे