युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पाँचथर सदरमुकाम फिदिमका एक युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा फिदिम नगरपालिका १ घर भई हाल घरकाठमाडौं टोखा नगरपालिका २ बस्ने ४६ वर्षीय उमेश हिङमाङ र म्याग्दी मंगला गाउँपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका १५ बस्ने ३६ वर्षीय नर बहादुर बुढाथोकी रहेका छन् ।
पक्राउ मध्ये नर बहादुरले युएई पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १ लाख रुपैयाँ र उमेशले दुई जना पीडितहरूबाट ११ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नर बहादुरलाई काठमाडौं महानगरपालिका ११ बाट र उमेशलाई टोखा नगरपालिका २ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।












