२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले खतिवडालाई राजीनामा दिन निर्देशन दिने



नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ ।

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय छानबिन विशेष समितिले ठहर गरेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानविन समितिले खतिवडा जिम्मेवार रहेको प्रतिवेदन पेश गरेको थियो ।

राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडको व्यवस्था निष्कृय हुने गरी प्रतिनिधि सभाबाट पास भएपछि खतिवडा विवादमा परेका थिए । खतिवडाले पदबाट राजीनामा दिनुपर्ने विचार पार्टीभित्र र बाहिरबाट आइरहेको छ ।

कांग्रेस स्रोतका अनुसार खतिवडालाई राजीनामा दिनका लागि पार्टीले १/२ दिनमा निर्देशन दिने भएको छ । खतिवडालाई समिति सभापतिबाट राजीनामा दिने गरी निर्देशन दिनका लागि पार्टी शीर्ष नेतामा समेत सहमति बनेको सभापति देउवा निकट एक शीर्ष तहका नेताले जानकारी दिए । ‘पार्टीका उपल्लो तहका नेताहरुमा सहमति जस्तै बनिसकेको छ । सभापति शेरबहादुर देउवा पनि रामहरि खतिवडालाई समिति सभापतिबाट पदमुक्त गर्नुपर्ने पक्षमा देखिनु भएको छ,’ ती नेताले अनलाइनखबरसँग भने ।

प्रकाशित मिति : २०८२, २४ श्रावण शुक्रबार ००:००  ३ : २७ बजे