२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा जन्मदिनको भोज खादा २७ जना बिरामी



उदयपुरको त्रियुगा नगरपालिका–७, चुहाडेमा जन्मदिनको भोज खाएपछि २७ जना बिरामी परेका छन् ।

स्थानीय जितेन्द्र राईको घरमा बिहीबार साँझ आयोजना गरिएको भोजमा सहभागी भएकाहरुमा पेट दुख्ने समस्या देखिएपछि उनीहरुलाई जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको हो ।

बिरामीहरूमा एक्कासी झाडापखाला लाग्ने, वान्ता हुने र पेट दुख्ने जस्ता साझा लक्षणहरू देखिएका छन।

अस्पतालका सूचना अधिकारी सुरेशकुमार पाण्डेले खाना विषाक्त (फुड प्वाइजनिङ) भएका कारण ठूलो संख्यामा मानिसहरू एकैपटक बिरामी परेको बताएका छन् ।

भोजमा रोटी, पुरी, अचार, बुनियाँ, पुवा जस्ता परिकार थिए । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार बिरामी पर्नेहरूमा ११ जना महिला, ३ जना पुरुष, ८ जना बालिका र ५ जना बालक रहेका छन् ।

प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले घटनाको जानकारी पाउनासाथ सबै बिरामीलाई राति नै अस्पताल पुर्‍याइएको जानकारी दिए ।

प्रकाशित मिति : २०८२, २३ श्रावण शुक्रबार ००:००  ४ : ३० बजे