२०८२, २४ मंसिर मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा खिजीदेम्बाको तीन दिने एकीकृत प्रशासनिक शिविर सुरु



ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले काठमाडौंमा बसोबास गर्ने आफ्ना सेवाग्राहीका लागि तीन दिने विशेष एकीकृत प्रशासनिक शिविर सुरु गरेको छ । कोशी प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा र गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आज उक्त कार्यक्रमको उद्घाटन गरिएको हो ।

शिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत र नापीसँग सम्बन्धित सेवा, साथै वडा कार्यालयमार्फत प्रदान गरिने अन्य सेवाहरू उपलब्ध गराइने छन् ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले काठमाडौंमै शिविर सञ्चालन गरेर राजधानीमा रहेका सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य भएको बताए । कार्यक्रममा उपाध्यक्ष सुसिला तामाङ, पूर्वमन्त्री प्रदीप कुमार सुनुवार, नेपाल सरकारका उपसचिव, प्रसाशकिय अधिकृत, अडाका अध्यक्ष लगायत सेवाग्राहिको बाक्लो उपस्थिति रहेको थियो ।

सेवाग्राहीको सम्पुर्ण कार्य सम्पन्न नभएसम्म काठमान्डौँमै बसेर शिविरलाई निरन्तरता दिइने उपाध्यक्ष सुसिला तामाङले बताए । पूर्वमन्त्री प्रदिप कुमार सुनुवारले यो पहलले नागरिकलाई संघीय शासन प्रणालीको वास्तविक अनुभव दिलाएको बताए ।

सेवाग्राहीहरूले वर्खाको समयमा गाउँ जानुपर्ने झन्झट घटेको भन्दै गाउँपालिका र जनप्रतिनिधिलाई धन्यवाद दिए ।

शिविरको अवसरमा गाउँपालिकाले प्रगतिको प्रतिवेदनसमेत सुनाएको थियो । सेवाग्राहीसँग पालिकाको सेवा प्रवाह तथा समृद्धिका लागि भएका पहलका बारेमा जानकारी दिइने र सुझाव लिइने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २५ श्रावण शनिबार ००:००  ४ : ०० बजे