२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल नगरपालिका संघको नयाँ प्रशासनिक भवनको शिलान्यास

भाडाको घरमा बस्दै आएको नेपाल नगरपालिका संघले मध्यपुर ठिमीमा पाँच तले प्रशासनिक भवनको शिलान्यास गर्याे ,देशभरका नगरपालिकाको सपना साकार



भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ मा नेपाल नगरपालिका संघको नयाँ प्रशासनिक भवनको आज विधिवत् शिलान्यास गरिएको छ। समारोहमा विभिन्न नगरपालिकाका नगरप्रमुखहरूको उपस्थिती रहेको थियो।

मध्यपुर ठिमीका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नै नगरमा भवन निर्माण हुन लागेकामा खुशी व्यक्त गर्दै, सम्पूर्ण लागत नेपाल नगरपालिका संघले व्यहोर्ने र निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले भवन निर्माणले देशभरका नगरपालिकाको नेतृत्व विकाससँगै प्रशासनिक सेवामा व्यवस्थित र चुस्त सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीम प्रसाद ढुंगानाले केन्द्रीय प्रशासनिक भवन निर्माण चुनौतीपूर्ण भए पनि देशभरका नगरपालिकाबाट संकलित केही रकमको सहयोगमा निर्माण सम्भव भएको उल्लेख गर्नुभयो ।

पाँच तले भवन करिब ९ आना क्षेत्रफलमा निर्माण गरिनेछ।

प्रकाशित मिति : २०८२, २७ श्रावण सोमबार ००:००  ५ : १६ बजे