२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गमगढी–बालै–पिना सडक अवरुद्ध



बाढीपहिरोका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् । खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ ।

स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ ।

अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन ।

प्रकाशित मिति : २०८२, २८ श्रावण मंगलबार ००:००  १ : ४७ बजे