२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसीको ‘पानी, पर्यटन र पूर्वाधार वर्ष’: ऐतिहासिक कामकाे अठोट



खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षलाई ‘पानी, पर्यटन र पूर्वाधार’ विकासको वर्षका रुपमा लिएको छ । नगरसभाले आर्थिक वर्ष २०८२-०८३ लाई ‘पानी, पर्यटन र पूर्वाधार’ वर्षका रुपमा लिने र सो लक्ष्यमा यसैवर्षभित्र पुग्ने निती पास गरेको थियो । यस वर्षको नीति, कार्यक्रम र बजेट नै नगरपालिकाले त्यसैमा केन्द्रित गरेको हो ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङका अधिकांश वडाका घरघरमा स्वच्छ खानेपानीको सुविधा पु¥याउने लक्ष्य लिइएको छ । पानीको समस्या झेलिरहेको गाउँका लागि नगरपालिकाको यो नीति निकै ऐतिहासिक छ ।

त्यस्तै पर्यटन र पूर्वाधार विकासमा पनि यसवर्ष विगतका कामलाई सम्पन्न गर्ने र नयाँ कामको थालनी वर्षका रुपमा लिइएको छ ।

विगत वर्षदेखिनै हलेसी तुवाचुङ नगरपालिकाले प्राथमिकता निर्धारण गरेर नीति बनाउने र सो अनुसार माथिल्ला सरकारबाट विकास बजेट ल्याएर काम गर्ने गरेको छ ।

पानी, पर्यटन र पूर्वाधार विकासका अलवा नगरभित्रको बेरोजगारी समस्या समस्या समाधानलाई प्राथमिकतामा राखिएको नगरप्रमुख बिमला राईले अनलाइन सरोकारसँग बताइन् । कृषि, शिक्षा, स्वास्थ्यजस्ता विषयगत क्षेत्रमा समेत नगरपालिकाले स्थानीय आवश्यकता र नागरिकको मागमा आधारित भएर काम गर्ने नगरप्रमुख राईको भनाई छ ।

हलेसी तुवाचुङ नगरपालिकाको कुल बजेट ८० करोड १८ लाख ८१ हजार ७ सय १९ छ ।

स्थानीय तहका जनप्रतिनिधिको सकृयता बढेसँगै पछिल्लो समय हलेसीमा प्रदेश र संघ सरकारबाट समेत करोडौं विकास बजेट आउन थालेको छ ।

प्रकाशित मिति : २०८२, २८ श्रावण मंगलबार ००:००  २ : ५९ बजे