२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरले रवीन्द्र ढाटलाई दुईलाख नगदसहित सम्मानगर्‍यो



काठमाडौं महानगरपालिकाले भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन)मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाटलाई सम्मान गरेको छ । मंगलबार महानगरका तर्फबाट मेयर बालेन शाहले ढाँटलाई दुईलाख नगदसहित सम्मानित गरेको हो ।

साउन १७ गते भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी च्याम्पियन बनेका थिए । उनले कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए ।

रवीन्द्रले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् । एसिया प्रशान्त उपक्षेत्रको पनि वरीयताभित्र समावेश छन् ।

रवीन्द्र ‘बझांगी बाघ’ उपनामले परिचित छन् ।

प्रकाशित मिति : २०८२, २७ श्रावण मंगलबार ००:००  ५ : २१ बजे