
काठमाडौं । सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेपनि पहिलो चरणमा काठमाडौंबाट देशका पहाडी र हिमाली जिल्लाहरुमा मात्र हुनेगरि आन्तरिक उडानको तयारी गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री योगेश भट्टराईले चाडबाड नजिकिएकाले पनि उडान खोल्न आवश्यकता रहेकाले निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको बताए ।
तराईका जिल्लामा भने बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले खोल्न नसकिने उनको भनाई छ । हिमाली तथा पहाडी जिल्लामा उडान सञ्चालनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने तयारीमा आफु रहेको मन्त्री भट्टराईले बताए ।
अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्दैछ ।












