२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरी दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत भेटिए



सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुषको शव भेटिएको छ ।

मृतकहरू सोही नगरपालिकाका ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीको भनाइ छ ।

बुधबार बिहान १० बजेतिर निर्माण हुँदै गरेको चन्द्रिका रौनियारको घरको सेफ्टी ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक परीक्षणका लागि डाक्टहरू बोलाइएको छ ।

प्रकाशित मिति : २०८२, २९ श्रावण बुधबार ००:००  १ : ११ बजे