२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यराति झापामा जंगली हात्तीले चार घरमा गर्‍यो क्षति



झापामा जंगली हात्तीले चारवटा घरमा क्षति गरेको छ। 

गएराति साढे १२ बजेतिर मेचीनगर नगरपालिका- १ साडुगौडाका चार घरमा हात्तीले क्षति गरेको प्रहरीले जनाएको छ। दुईवटा हात्तीले चार घरमा क्षति गरेको हो। 

हात्तीले स्थानीय नर्वु तामाको भान्सा घरको टिनको छाना भत्काउँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। 

त्यसैगरि सोही ठाउँका प्रेमबहादुर भारतीको दुईमन धान पनि हात्तीले खाएको छ भने सुनिता तामाङको पाँच कठ्ठामा लगाएको धान खाँदा ३० हजार बराबरको क्षति भएको छ। 

त्यसैगरि सोही ठाउँका जितबहादुर मगरको पनि पाँचकठ्ठा क्षेत्रफलमा लगाएको धान हात्तीले सखाप पार्दा झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

बुधबार बिहानीपख ती हात्ती आफैँ जंगलतिर लागेका छन्। झापामा जंगली हात्तीले व्यापक रुपमा मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ। 

प्रकाशित मिति : २०८२, २९ श्रावण बुधबार ००:००  १ : २६ बजे