छाहारी संस्था नेपालद्वारा आयोजित किशोर–किशोरीका लागि तीन दिने आत्मरक्षा तालिम शुक्रबारबाट सुरु भएको छ । सेन्ट्रल कलेज, सिनामंगलमा भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष राघव शर्मा र संस्थापक अध्यक्ष ङिमा दावा तामाङ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा संस्थाका सदस्य सागर घिमिरेले संस्थाको कार्य, सेवा र उद्देश्यबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिँदै सहभागीहरूलाई स्पष्टिकरण दिएका थिए ।
उक्त तालिममा दुई वटा क्याम्पसका करिब ८० जना विद्यार्थीलाई पाँच जना प्रशिक्षकहरूले आत्मरक्षा सम्बन्धी सीप सिकाइरहेका छन् । तालिमको समापन आगामी आइतबार हुनेछ र उक्त कार्यक्रम भाद्र १ गते सम्म निरन्तरता दिने आयोजकले जनाएको छ ।















