छाहारी संस्था नेपालद्वारा आयोजना गरिएको तीन दिने आत्मरक्षा तालिम आज सम्पन्न भएको छ । सेन्ट्रल कलेज, सिनामंगलमा सम्पन्न तालिमको समापन संस्थाका अध्यक्ष राघव शर्माले गर्नुभयो ।
समापन कार्यक्रममा तालिममा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष ङिमा दावा तामाङले संस्थाको इतिहास, उद्देश्य र लक्ष्यबारे जानकारी दिनुभयो । अध्यक्ष शर्माले वर्तमान अवस्थामा आत्मरक्षा अत्यन्तै आवश्यक रहेको बताउँदै यस्ता तालिमले किशोर–किशोरीलाई समस्यासँग जुध्न र समाधान खोज्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष राघव शर्माले तीन दिने आत्मरक्षा तालिम किशोरीका लागि आजको समयमा अत्यावश्यक रहेको बताउनुभयो । उहाँका अनुसार यस तालिमले किशोर–किशोरीलाई दैनिक जीवनमा आउने चुनौती र समस्यासँग सामना गर्न, आत्मविश्वास बढाउन तथा समाधान खोज्न महत्वपूर्ण सहयोग पु¥याउने बताउनु भयो ।
त्यस्तै, कोषाध्यक्ष विनोद अधिकारीले आत्मरक्षा तालिमले विशेषगरी किशोरीको आत्मबल वृद्धिमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
तालिममा सहभागी विद्यार्थीहरूले कठिनाइका अवस्थामा आत्मबल बढाएको अनुभव सुनाउँदै कार्यक्रमको आयोजना गर्ने छाहारी संस्थालाई धन्यवाद दिएका थिए ।
गत साउन ३० गतेबाट सुरु भएको तालिममा दुई वटा क्याम्पसका करिब ८० जना विद्यार्थी सहभागी भएका थिए । उनीहरूलाई पाँच जना प्रशिक्षकहरूले आत्मरक्षा सम्बन्धी सीप प्रदान गरेका थिए । आयोजक संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।















