२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छुट्टाछुट्टै स्थानमा तीन पुरुष र दुई महिलाको शव फेला



छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला परेको छ। प्रहरीका अनुसार तीन पुरुष र दुई महिला गरी पाँच जनाको शव फेला परेको हो।

बागलुङको जैमिनी नगरपालिका-७ चौरीखोलास्थित कालीगण्डकी करीडोर सडक छेउमा सोही नगरपालिका-८ वाङलिङ बस्ने ४५ वर्षीय दिल बहादुर नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन्।

बाँकेको डुडुवा गाउँपालिका-४ सिधनिया घाटस्थित राप्ती नदीको छेउमा पहिचान नखुलेकी अन्दाजी ६५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्।

इलामको सूर्योदय नगरपालिका-७ बस्ने ४० वर्षीय बेल कुमार घले सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

कैलालीको जानकी गाँउपालिका-२ बस्ने ७२ वर्षीय मन्जु शाह आफ्नै घर नजिकै सोमबार मृत अवस्थामा फेला परेका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका-७ तोराधी बस्ने ४६ वर्षीय नेत्र बहादुर गोदार सोही ठाउँस्थित गोरेटो बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार ००:००  १ : ०५ बजे