२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाको पातारासीमा रहेको देवस्थल मन्दिर पर्यटकको पर्खाइमा



जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर २ मा अवस्थित देवस्थल मन्दिर पर्यटकको पर्खाइमा रहेको छ । विकट भौगोलिक अवस्थिति भए पनि धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने यस मन्दिरमा वार्षिक रूपमा हजारौं भक्तजनको आवागमन हुने गर्दछ ।

बाटो अप्ठ्यारो र पूर्वाधार अभावका कारण अपेक्षित संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिएको छैन । स्थानीय तहदेखि प्रदेश सरकारसम्मले धार्मिक पर्यटन प्रवद्र्धनमा प्राथमिकता दिन जरुरी रहेको बताउँदै, “उचित पूर्वाधार विकास र प्रचारप्रसार भए देवस्थल मन्दिर राष्ट्रियस्तरको प्रमुख धार्मिक गन्तव्य बन्न सक्ने देवस्थल पर्यटन बोर्डका सचिव अमृत बहादुर बुडाले अनालाइन सरोकारलाई बताउनु भयो ।

मन्दिरसँग सम्बन्धित धार्मिक विश्वास अनुसार यहाँ पूजा–अर्चना गरे मागेका मनोकामना पूरा हुने जनश्रुति छ । यही कारण विशेष गरी शिवरात्रि र साउने पूर्णिमा का अवसरमा यहाँ भव्य मेला लाग्ने गर्दछ । ती अवसरमा जुम्ला मात्र नभई कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ ।

स्थानीय बासिन्दाले पनि देवस्थल मन्दिरलाई धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक समृद्धिको आधार बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार पर्यटकका लागि सहज यातायात, आवास सुविधा र प्रचारप्रसारमा जोड दिइने हो भने यस क्षेत्रको विकासले गति लिन सक्नेछ ।
देवस्थल मन्दिरलाई कर्णाली प्रदेशको प्रमुख धार्मिक–पर्यटन स्थल बनाउन सरकार र सरोकारवाला निकायहरूको ध्यानाकर्षण आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार ००:००  १२ : ५६ बजे