२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा ५० बेड क्षमताको आईसोलेशन भवन बन्दै



सिन्धुली । सिन्धुलीमा ५० बेड क्षमताको आईसोलेशन भवन निर्माणको कामलाई तीब्र गतिमा अघि बढाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई लक्षित गरी जिल्लाको कमलामाई नगरपालिका–६ शिवनगरमा ५० बेड क्षमताको आईसोलेशन भवन निर्माणको काम अघि बढाएको हो ।

ट्रष्ट राखेर ईटाको गाह्रो जोडेर बनाईने आईसोलेसन भवन विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको हुने र तीन वटा आईसियु बेड हुने सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले बताए । उनका अनुसार तीन करोड ३६ लाखको लागतमा भवन बन्ने छ । आईसोलेशन भवनको कुल लागत मध्ये रु ९७ लाख सामाजिक विकास मन्त्रालय बागमति प्रदेशले सहयोग गर्ने छ ।

आईसोलेसन भवन जिल्ला अस्पताल मातहत सञ्चालन हुने अस्पताल विकास समितिले जनाएको छ । भवन निर्माणका लागि जिल्लाका सरोकारवालाहरुको भेलाले निर्माण समिति र अनुगमन समिति बनाएको छ । पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमणका बिरामी थपिँदै गएपछि आईसोलेशन भवन निर्माण गर्न सबैले चासो दिएका हुन् ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  १२ : ५६ बजे