२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुटुकाे भल्भ फेर्न नसक्दा तमानखोलाकी १४ वर्षीया मिना सेर्पाली संकटमा



बागलुङको तमानखोला गाउँपालिकामा बसोबास गर्ने सेर्पाली परिवार हाल अत्यन्तै तनावमा परेका छन् । परिवारकी १४ वर्षीया छोरी मिना सेर्पाली विगत लामो समयदेखि मुटुको गम्भीर समस्याबाट पीडित रहेकी छन् । उनको मुटुमा सानो उमेरमै कृत्रिम हार्ट भल्भ जडान गरिएको थियो । उमेर बढ्दै जाँदा यस किसिमको उपकरणलाई चिकित्सकले तोकेको समय अनुसार फेरबदल गर्नुपर्ने हुन्छ ।

तर, उपकरण फेर्ने प्रक्रिया निकै खर्चिलो हुने भएकाले परिवार ठूलो आर्थिक संकटमा परेको छ । चिकित्सकहरूको अनुसार मिना सेर्पालीलाई जडान गरिएको कृत्रिम मुटु भल्भ परिवर्तन गर्न नेपालका ठूला अस्पतालहरूमा कम्तीमा ८ देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

पीडितकी आमा धनकुमारी सेर्पालीले अनलाइन सरोकारसँग कुरा गर्दै आँखा रसाउँदै भनिन्
“छोरीको उपचारका लागि अहिलेसम्म जे–जति कमाइ थियो सबै खर्च भइसकेको छ । अब त काठमाडौसम्म जानको लागि गाडीभाडा पनि छैन । पढाइ लेखाइ पनि कम भएकाले कसलाई कहाँ गुनासो गर्ने भन्ने थाहा छैन । बुबा र दाइ मजदुरी गरेर ल्याएको पैसाले घर चलाउनै गाह्रो भएको छ ।”

धनकुमारीले छोरीको जीवन बचाउन सहयोगको अपिल गर्दै आमा भएर चित्त दुखाएको प्रष्ट पारिन् ।

मिना सेर्पालीको जीवन बचाउन समयमै मुटुको हार्ट भल्भ उपकरण परिवर्तन गर्नु आवश्यक छ । तर, परिवारको आर्थिक अवस्था नाजुक भएकाले समाजका दयालु व्यक्ति, संस्था वा संघसंस्थाले सहयोगको हात बढाउने हो भने मात्र उनको उपचार सम्भव हुनेछ ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार ००:००  २ : ३० बजे