२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा कवाड व्यवसायीहरूकाे प्रदर्शन



काठमाडौंमा कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।

महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् ।

आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार ००:००  ४ : २५ बजे