२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्दै



जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका आउँदो बुधवार ( पर्सिको दिन ) बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा हुने भएको छ । आज सोमबार बिहान बसेको कार्यपालिका बैठकले बालमैत्री स्थानीय शासन युक्त नगर बुधवार एक भव्य कार्यक्रमका बिच घोषणा गर्ने निर्णय गरेको हो । आजै नगरपालिकाले सरोकारवालाहरुलाई धमाधम पत्र काटेर निमन्त्रणा गरिरहेको छ ।

हाल सम्म जिल्लाका आठ स्थानीय तह मध्ये कुनै पनि पालिका बालमैत्री स्थानीय शासन युक्त घोषणा भएका छैनन् । मन्थली र रामेछाप नगरपालिकासहित उमाकुण्ड गाउँपालिकाले बाहेक अन्य स्थानीय तहहरूले सम्बन्धित कार्यको आधारभूत तहकै काम अगाडि बढाउन सकेका छैन । उमाकुण्ड गाउँपालिकाले गत आर्थिक वर्षको अन्त्य तीरबाट बालमैत्री पालिका बनाउनको लागि आवश्यक कार्यको थालनी गरिरहेको अवस्था छ ।

मन्थली नगरपालिका भन्दा केही पहिले देखिनै बालमैत्री नगरपालिका घोषणा गर्नको लागि आवश्यक कार्यको सुभारम्ब गरेको रामेछाप नगरपालिकाले केही प्राविधिक तयारीको लागि भन्दै भदौ २१ गते भित्र नगर घोषणा गर्ने गरी कार्य अगाडि बढाउँदा मन्थलीले नेपाली हिन्दु धर्मावलम्बी महिलाहरूको तीज पर्वको भोलि पल्टै नगर घोषणा कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार ००:००  ५ : ०२ बजे