पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका वडा नं २ कालेखोलामा सडक भत्किन गई सवारी आवागमन हुन नसक्ने गरी राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोको कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् ।












