२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै



प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् ।

चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ । साथै सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थालाई पनि प्रधानमन्त्रीले सम्बोधनमा समेट्ने  स्रोतले जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने जनाएको छ ।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार ००:००  १० : ४० बजे