नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ ।
एकै दिनमा सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।
यससँगै चाँदीको मूल्य पनि नयाँ रेकर्डमा पुगेको छ। शुक्रबार प्रतितोला ६५ रुपैयाँले बढेर २४२५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला २३६० रुपैयाँमा कारोबार भएको थियो ।











