२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैंका लागि नयाँ र सुकिला नोट भदौ २९ गतेदेखि सटही हुने



आगामी दशैं पर्वका लागि सुकिला नोट सटही कार्यक्रम भदौ २९ गतेदेखि सुरु हुने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिने जनाएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित विभागीय कार्यालयसहित प्रदेश कार्यालयहरू—विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नोट सटही गर्न सकिनेछ।

यस्तै, इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि सर्वसाधारण तथा संघ/संस्थाले कारोबारको समयमा सुकिला नोट साट्न पाउनेछन्।

यस वर्ष विजयादशमी असोज १६ गते पर्छ। घटस्थापना असोज ६ गते र फूलपाती असोज १३ गतेका दिन पर्नेछन्। दशैं पर्व घटस्थापनादेखि औपचारिक रूपमा सुरु हुन्छ।

प्रकाशित मिति : २०८२, १५ भदौ आइतबार ००:००  ११ : ५७ बजे