ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले राजधानी काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्ने आफ्ना नागरिकलाई लक्षित गरी सुकेधारस्थित नवदुर्गा पाटी प्यालेसमा एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गरेको छ।
सांसद रामहरि खतिवडाले एक सेवा ग्राहीलाई काम सम्पन्न भएको कागज हस्तान्तरण गर्दै शिविरको उद्घाटन गर्नु भएको हो ।

नगरापालिकाले राजधानि काठमान्डौमा शिविर संचालन गर्नुको मुख्य उद्येश्य नगर क्षेत्रमा जान नसक्ने बिरामी, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई लक्षित गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरण, लगायत वडा र नगरबाट हुने सम्पुर्ण सेवा प्रदान गरिने नगरप्रमुख तेजन खनाले अनलाइन सरोकारलाई बताउनु भयो ।

नागरिकको माग र आवश्यकता अनुसार शिविर आयोजना गरिएको उपप्रमुख केदारबाबु बस्नेतले बताउनु भयो ।

त्यस्तै वडा नं. २ का अध्यक्ष बसन्त कटुवालले भने यसअघि वडा स्तरमा पनि यस्ता कार्यक्रम हुँदै आएको र यसपटक नगरपालिकाले पहिलोपटक ठूलो स्तरमा काठमाडौँमै सञ्चालन गरेको जानकारी दिनु भयो ।

वर्खाको समयमा दुर्गम सडकका कारण हुने आवतजावत कठिनाइलाई मध्यनजर गर्दै शविर आयोजना गरेकामा सेवाग्राहीले खुशी व्यक्त गर्दै जनप्रतिनिीलाई धन्यवाद दिएका छन्।
भदौ १५ गतेदेखि सुरु भएको शिविर भोलिसम्म सञ्चालन हुनेछ । आवश्यक परे समय थप गरिने नगरपालिकाले जनाएको छ । १२ वटै वडाका जनप्रतिनिधि र सचिव उपस्थित भएकाले सबै वडाका नागरिकले सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।














