२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छायानाथ रारा नगरपालिका–१ मा सिभिल इन्जिनियरिङ पठनपाठन प्रारम्भ



मुगुको छायानाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा (भाद्र १५) आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठन उद्घाटन गरिएको छ । वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङ धारको पठनपाठनको उद्घघाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मन्त्री शाहीले युवालाई प्राविधिक शिक्षा दिन सकिएमा रोजगारीका अवसर सिर्जना हुने र विदेश पलायनमा समेत कमी आउने उल्लेख गरे । उनले यस धारबाट निस्कने विद्यार्थीले आफ्नै गाउँमा सडक, भवन, पुल तथा अन्य संरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले आजका दिनसम्म प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता हटेको बताए । अब भने घरमै बस्दै गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्न सकिने नगरप्रमुख भामको भनाइ छ ।
नगर प्रमुख भामका अनुसार स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन हुने र जिल्लाका विकास निर्माणका काममा गति आउनेछ ।

महाकाली नमुना माध्यमिक विद्यालय गमगढी मुगुमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पठनपाठन सुरु गरिएको छ । पहिलो वर्ष ५५ जना भर्ना भएका छ्न् ।

प्रकाशित मिति : २०८२, १५ भदौ आइतबार ००:००  ४ : ३९ बजे