२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छायानाथ रारा नगरपालिका–१ मा सिभिल इन्जिनियरिङ पठनपाठन प्रारम्भ



मुगुको छायानाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा (भाद्र १५) आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठन उद्घाटन गरिएको छ । वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङ धारको पठनपाठनको उद्घघाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मन्त्री शाहीले युवालाई प्राविधिक शिक्षा दिन सकिएमा रोजगारीका अवसर सिर्जना हुने र विदेश पलायनमा समेत कमी आउने उल्लेख गरे । उनले यस धारबाट निस्कने विद्यार्थीले आफ्नै गाउँमा सडक, भवन, पुल तथा अन्य संरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले आजका दिनसम्म प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता हटेको बताए । अब भने घरमै बस्दै गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्न सकिने नगरप्रमुख भामको भनाइ छ ।
नगर प्रमुख भामका अनुसार स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन हुने र जिल्लाका विकास निर्माणका काममा गति आउनेछ ।

महाकाली नमुना माध्यमिक विद्यालय गमगढी मुगुमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पठनपाठन सुरु गरिएको छ । पहिलो वर्ष ५५ जना भर्ना भएका छ्न् ।

प्रकाशित मिति : २०८२, १५ भाद्र आइतबार ००:००  ४ : ३९ बजे