२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली



चीन भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतदेखि सुरु भएको सम्मेलनमा आज प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्न लागेका हुन्।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ देखि पाँच दिने भ्रमणमा चीनमा छन्। प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ।

आजै रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार ००:००  ११ : १० बजे