२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक गुणस्तरको ग्यारेन्टी गर्दै मनास्लु कलेज खुल्याे



काठमाडौं । गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्दै काठमाडौंमा मनास्लु वल्र्ड कलेज स्थापना भएको छ । शिक्षाको क्षेत्रमा नयाँ आयाम थपेर गुणस्तरीय शिक्षा दिँदै लक्ष्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.लि.ले काठमाडौंको चुचेपाटीमा मनास्लु वल्र्ड कलेज स्थापना गरेको हो ।

लामो समय देखि शैक्षिक क्षेत्रमा क्रियाशिल अनुभवी युवा उद्यमीहरुले कलेज स्थापना गरेका हुन् । शिक्षा क्षेत्रमा ख्यातीप्राप्त व्यक्तिहरुले सञ्चालन गरेको यो कलेजमा प्रविधिमैत्री कक्षा मार्फत सिपमूलक व्यवहारिक र संस्कारयुक्त शिक्षामा जोड दिईने मनास्लु टिम अफ इन्टरप्रिनरका अध्यक्ष गेन्द्र लामाले बताए । गुणस्तरीय शिक्षाको खोजीमा भौतारिनुपर्ने बाध्यताको अन्त्य गरिएको उनको भनाई छ । ‘शिक्षाको खोजीमा काठमाडौं आएर कलेज चहार्नुपर्ने विद्यार्थीको बाध्यता अब रहन्न । मनास्लु वल्र्ड कलेज समयको माग र आवश्यकतामा केन्द्रित भएर विश्वमा जहाँ पनि योग्य हुने विद्यार्थी उत्पादन गर्न प्रतिवद्ध छ ।’ अध्यक्ष लामाले अनलाइन सरोकारसँग भने,‘अभिभावकले जिम्मा लगाएका विद्यार्थीको भविष्य उज्जवल बनाउन गर्नुपर्ने सबै व्यवस्थापन र अपानाउनुपर्ने विधि कुनै बाँकी राखिन्न ।’ विद्यार्थीको चौतर्फि विकासकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण गराउने र विश्वका असल अभ्यासहरु कलेजमा लागु गरिने अध्यक्ष लामाको भनाई छ । लकडाउनका कारण कलेजको खोजी गर्न नपाएका र गुणस्तरीय शिक्षा लिन चाहनेले चावहिलको चुचेपपाटी स्थित मनास्लु कलेजलाई सम्झन सक्ने उनको तर्क छ ।

मनास्लुले आफ्नो कलेजमा अध्ययान गरेका विद्यार्थीलाई अध्ययानपछिको रोजगारी र व्यवसाय सञ्चालन लगायतमा समेत मार्गनिर्देश गर्ने क्याम्पस प्रमुख राजन श्रेष्ठको भनाई छ ।

लामो समय शिक्षा क्षेत्रमा कृयाशिल, उर्जासिल युवा उद्यमिहरुद्वारा संचालितm आधुनिक सुविधा सम्पन्न भवनमा रहेको मनास्लु कलेजले दक्ष, अनुभवी तथा युवा उर्जावान विषय विज्ञद्धारा अध्ययापन गराउने, शान्त एवं रमणीय वातावरणमा पठनपाठन सञ्चालन गर्ने, विज्ञान प्रयोगशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षा, खेलकुद तथा बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रमहरु र विभिन्न अन्तर्राष्ट्रिय कलेजहरुसँग सहकार्य गरि शैक्षिक अनुभवको आदान प्रदान समेत गराउने, पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रमको आलावा अन्य सिपसँग सम्बन्धित अतिरिक्त क्रियाकलापमा जोडदिने र अध्ययानमा उत्कृष्ट, खेलकुद, गायन, नृत्यको साथै अन्य विविध विद्याका अब्ब्ल विद्यार्थीलाई पूर्ण छात्रवृत्ति समेत प्रदान गर्ने मनास्लु कलेजले जनाईएको छ ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  २ : ५८ बजे