२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानमा भुकम्प ६०० बढीको मृत्यु भएको पुष्टि ,सयौं घाइते



अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीका अनुसार पूर्वी अफगानिस्तानमा गएको घातक भूकम्पमा मृत्यु हुनेको संख्या ६०० भन्दा बढी पुगिसकेको बताएका छन् । अफगानिस्तानको अनलाइन मिडिया एरियानान्युजका अनुसार भूकम्प गएको क्षेत्र दुर्गम पहाडी क्षेत्र भएकोले यहाँ अझै धेरैको मृत्यु भएको तर उद्धार हुन नसकेको बताइएको छ ।

प्रवक्ता कानीले सोमबार बिहान बताएअनुसार अफगानिस्तानको उत्तरपूर्वी प्रान्त कुनार र नान्गारहारमा गएको ६.० म्याग्निच्युडको भूकम्प र त्यसपछिका पराकम्पनका कारण ६०० भन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। उनले व्यापक विनाश रेकर्ड गरिएको पनि बताए।

कुनारमा ६१० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १,३०० जना घाइते भएका छन् भने धेरै घरहरू ध्वस्त भएको कानीले बताए। नान्गारहार प्रान्त पनि प्रभावित भएको छ, जहाँ १२ जनाको मृत्यु भएको छ, २५५ जना घाइते भएका छन् र दर्जनौं घरहरू क्षतिग्रस्त भएका छन्।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार ००:००  १२ : ५७ बजे