२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चक्रपथमा निजी स्कुलका बसको र्‍याली



निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ । विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।

शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् । केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार ००:००  १ : २७ बजे