२०८३, २ श्रावण शनिबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हर्क साम्पाङ काठमाडौं आए, समर्थकले निकाले र्‍याली



सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार (भदौ १६) काठमाडौं आएका छन् । उनको स्वागतमा समर्थकले मोटरसाइकल र्‍याली निकाले ।

त्रिभुवन विमानस्थल हुँदै उनी काठमाडौं प्रवेश गरेका हुन् । राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्किएको भन्दै उनले सामाजिक सञ्जालमार्फत समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

“कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुनसक्छ ! सबैलाई धन्यवाद !,” उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : २०८२, १६ भदौ सोमबार ००:००  ४ : २४ बजे