२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयमै प्रधानाध्यापकद्वारा छात्रामाथि बलात्कार



उदयपुरमा विद्यालयका प्रधानान्यापकले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई विद्यालय हाताभित्रै नै जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

बेलका नगरपालिका–२ शिवालय टोल घर भएका ४७ वर्षीय प्रिन्सिपल युवराज श्रेष्ठले १४ वर्षीया छात्रामाथि करणी गरेको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । 

बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङकी ती छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए । 

प्रहरीका अनुसार (प्रिन्सिपल) प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १० बजेर ४५ मिनेटमा आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन् ।

उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

प्रकाशित मिति : २०८२, १६ भदौ सोमबार ००:००  ४ : २९ बजे