२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडिगाड गाउँपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लामै प्रथम



बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लाभित्र प्रथम स्थान हासिल गरेको छ । गाउँपालिकाले आफ्नो कार्यलाइ सुधार गरी जिल्लामै प्रथम स्थान हासिल गरेको हो ।

जिल्ला समन्वय समिति बागलुङको आयोजनामा सम्पन्न आर्थिक वर्ष २०८१ र ८२ का योजना तथा कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीको अवसरमा प्रथम स्थान हासिल गरेको बडिगाड गाउँपालिकालाई सम्मान गरिएको हो । कार्यक्रममा संघीय सांसद देवेन्द्र पौडेलले गाउँपालिका प्रमुख गण्डकी अधिकारीलाई कदर–पत्र प्रदान गर्दै वित्तीय सुशासनमा देखाएको उत्कृष्ट कार्यप्रति सराहना व्यक्त गर्दै बधाई दिनु भयो ।

स्थानीय तह, सरकारी कार्यालय तथा गैर–सरकारी संस्थाहरूको समन्वयमा सञ्चालित कार्यक्रमहरूको मूल्याङ्कनका आधारमा बडिगाड गाउँपालिकाले उत्कृष्टता प्रदर्शन गरेको जिल्ला समन्वय समितिले जनाएको छ।

यो मूल्यांकन पालिकाहरुले आर्थिक वर्ष २०८१ र ८२ मा गरेका वित्तीय सुशासन र सदाचारीको आधारमा गरिएको हो । यसका लागि मूल्यांकनका विषय क्षेत्रमा योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजस्व व्यवस्थापन रहेका छन् । यिनै विषयलाई अंकभार दिँदा सबैभन्दा बढी भएपछि बडिगाड गाउँपालिका जिल्लाकै उत्कृष्ट ठहरिएको हो ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार ००:००  ११ : ४६ बजे