२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलामा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु



गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका २ जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीका अनुसार फेला परेको एउटा शव रोप रेस्क्यु विधिबाट निकाल्ने काम भइरहेको छ । अर्को शव सोही खोलामा स्थानीयले देखेको भनी जानकारी प्राप्त भएको सशस्त्रले जनाएको छ ।

भदौ १५ गते गोसाइकुण्ड गाउँपालिका। ६, ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चे गएका थिए । लामो समय सम्पर्कमा नआएपछि उनीहरूका आफन्तले खोजीका लागि १७ गते विहान जिल्ला प्रहरी कार्यालय, रसुवामा निवेदन दिएका थिए । त्यसपछि नेपाली सेनाको श्रीनाथ गणले धुन्चेको चेकप्वाइन्टमा जडान गरेको सीसीटीभी फुटेजमा राति करीब १० बजे धुन्चेबाट ठाडेतर्फ मोटरसाईकलमा गएको देखिएको थियो ।

फुटेजकै आधारमा उनीहरुको खोजीकार्यको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं। २० गुल्म रसुवाबाट सई मोहवीर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली परिचालन भएको छ । घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको सशस्त्र प्रहरीद्वारा प्रेषित समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२, १७ भदौ मंगलबार ००:००  १ : ३१ बजे