२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङले सार्वजनिक सुनुवाइ गर्दै



खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१ र ८२ मा कार्यान्वयन तथा सम्पन्न भएका नीति, बजेट, कार्यक्रम, सेवा प्रवाह र विकास निर्माणसम्बन्धी विषयमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

नगरपालिकाले जारी गरेको सूचनाको अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रम आगामी भदौ २५ गते (बुधबार) दिउँसो २ बजे नगरपालिकाको प्राङ्गण, दिक्तेलमा आयोजना हुने उल्लेख छ ।

कार्यक्रममा नगरपालिकाका सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सार्वजनिक सेवा प्रवाह गर्ने विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय सुरक्षा निकायका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधि, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, सामुदायिक संस्थाका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, पत्रकार लगायत सरोकारवालाको उपस्थितिमा सञ्चालन हुने बताइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरीले जारी गरेको सूचनामा नगरवासी सबैलाई कार्यक्रममा सहभागी भई आवश्यक सुझाव र जानकारी प्रदान गर्न नगरले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, १८ भाद्र बुधबार ००:००  १ : १३ बजे