नेपालमा सामाजिक सञ्जाल निस्क्रिय बनेको चार दिन भयो । यतिबेलासम्म सरकारको कदमविरुद्ध टिकटक लगायतका प्लेटफर्म तातिएका छन् । सरकारको चर्को आलोचना र विरोध भइरहेको छ ।
सरकारले निष्कृय बनाएको सामाजिक सञ्जालमै ‘नेपो बेबी’ अभियान छेड्न थालिएको छ । उनीहरुले सामाजिक सञ्जाल बन्ददेखि चरम भ्रष्टाचारको मुद्दालाई लिएर आन्दोलन घोषणा गर्दै अभियान चलाइरहेका हुन् ।
यस आन्दोलनमा विभिन्न राजनितिक तथा गैरराजनीतिक व्यक्तिहरुले समर्थन पनि गरिसकेका छन् । कापी किताब र कलेजको डे«समै सामाजिक सञ्जाल र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ता पनि सोमबार सडकमा उत्रिदैछ ।
यद्यपी जेनजीको आन्दोलनको नेतृत्व कसले गर्ने भन्नेबारे खुलेको छैन ।
सामाजिक सञ्जालविरुद्ध आइतबार नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यहरु माइतीघर मण्डलामा उत्रिएका छन् ।
पत्रकारहरुको मुख्य नारा थियो, “सरकारले मुख थुन्दैछ । तानाशाही जालो बुन्दैछ । सञ्जाल बन्द १ आवाज बन्द १ नागरिकको आवास थुन्ने होईन । सुन्ने हो । सरकारले हान्यो पेटमा लात । खोसियो हाम्रो दाल र भात ।”
अभिव्यक्ति स्वतन्त्रताको अधिकार र नागरिकको मौलिक अधिकार निमोठ्ने प्रयास गरेको भन्दै तत्काल निर्णय फिर्ता लिनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका हुन् ।
नेपालमा सूचीकरण गर्नुपर्ने भन्दै सरकारले भदौ १९ गते ९फेसबुक, युट्युब, ह्वाट्सएप० सहित २६ वटा सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णय गरेको थियो ।
आम नागरिकहरु सरकारको कदमविरुद्ध एकजुट हुनुपर्ने पनि पत्रकारहरुको भनाइ छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले सामाजिक सञ्जाल बन्द गरेर प्रधानमन्त्रीले कलंकको टिका लगाएको बताए ।
“सर्वोच्च अदालतले बन्द गर भनेको छैन । नियमन गर भनेको हो । सरकारलाई न्यायालयले सामाजिक सञ्जाल खुला गर्नका लागि सरकारका नाममा आदेश जारी हुनपर्यो । राजा ज्ञानेन्द्रले यस्तै गर्दा उहाँको हालत के भयो । प्रधानमन्त्रीले कलंकको टीका लाइसक्नुभयो,” उनले भने ।
कांग्रेसका युवा नेताहरु, नयाँ पुराना, प्रतिपक्ष दलहरु पनि यस्तो अवस्थामा मौन रहेको उनले बताए ।
पत्रकार रामकृष्ण अधिकारीले सरकारले निर्णय फिर्ता नलिएर आन्दोलन नै घोषणा गरेर जाने बताए । उनले भने, “अदालतको आदेशका नाममा अपरिपक्व निर्णय गरेको छ । यो किमार्थ स्वीकार्य छैन । आन्दोलन नै घोषणा गरेर जान्छौँ ।”
रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले तल्काल मन्त्रिपरिषदको बैठक बसेर सामाजिक सञ्जाल खुला गर्नुपर्ने बताए ।
“सरकारले तुरुन्तै मन्त्रिपरिषद् बैठक बोलाएर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिनुपर्छ । यतिबेला खाना भन्दा सामाजिक सञ्जाल प्यारो भइसक्यो । लोकतन्त्रमा सामाजिक सञ्जाल बन्द स्वीकार्य छैन,” उनले भने ।
पत्रकार तथा कांगेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी डिजिटल अर्थतन्त्रमा ठुलो असर परेको बताए । उनि भन्छन्, “डिजिटल अर्थतन्त्रमा सबैभन्दा ठूलो समस्या परेको छ । धेरै मिडियाहरू बन्द हुने अवस्था छ । पत्रकारहरूको रोजिरोटी खोसिने अवस्था बनेको छ ।”
पत्रकार महासंघका पूर्वअध्यक्ष दाहालले जनताप्रति ठुलो विश्वासघात गरेको बताए । सरकारको एउटा निर्णयले लोकतान्त्रिक संविधालाई खारेज गरेको उनको भनाई छ । यसअघि २०८० मंसिरमा सामाजिक सञ्जाल निर्देशिका जारी गरी सूचीकृत हुन अनुरोध गरेको थियो ।
सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई–कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा भएको छ ।
जेनजीको आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने अहिलेसम्म खुल्न सकेको छैन । यस आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले पनि समर्थन जनाएका छन् ।
“भोलिको र्याली स्पष्ट स्वस्फूर्त रुपमा जेनजी को हो रु उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य, सोच बुझ्नु मन छ,” उनले लेखेका छन, “भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेनजी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ रु”
त्यस्तै, दुर्गा प्रसाईले पनि जेनजीको आन्दोलमा ऐक्येवद्धता जनाउने बताएका छन् । नयाँ बानेश्वर संसद भवन अगाडि र माइतीघरमा भोलि हुने जेनजीको आन्दोलनलाई लिएर सुरक्षा निकायहरु पनि सतर्क बनेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले आइतबार सुरक्षा समितिको बैठक बस्ने बताए । “सुरक्षा समितिको बैठक आज बस्दैछ । यो खासमा नियमित बस्ने बैठक हो । प्रहरी सधैँ सुरक्षा सतर्कमै रहन्छ,” उनले भने ।











