
काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि बागमती प्रदेस सरकारले काठमाडौं उपत्यकामा तीन हजार आइसोलेसन बेड तयार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको एक होटलमा आयोजना भएको छलफलबाट उपत्यकामा तीन हजार आइसोलेसन बेड तयार गर्ने निर्णय भएको हो ।
बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको उपस्थितिमा भएको छलफलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवस्यक सुविधा र स्थानको छनौट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको छ । छलफलबाट काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं सांसद अध्यक्ष कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिइएको छ ।
छलफलमा मुख्यमन्त्री पौडेलले बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रमा आवस्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलव्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्रि ढकाललाई आग्रह गर्दैे क्षेमता र सुविधा विस्तारका लागि स्थानीय तहमा संचालित स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको जानकारी दिए ।
बागमती प्रदेसका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भए पनि काठमाडौं उपत्यकामा त्यसमा कठिनाइ देखिए संगै बागमती प्रदेस सरकारले तिनै तहका सरकारहरुसंगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि आयोजना गरिएको छ ।
स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वबिद्यालयले आवस्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने मन्त्री ढकालले प्रतिवद्धता व्यक्त गरे ।












