२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुग्यो



सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।

यद्यपि आन्दोलन रोकिएको छैन ।

अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  ३ : २२ बजे