२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेन-जी प्रदर्शनमा कम्तीमा ५० जना गम्भीर घाइते



काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।

घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाजति घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ ।

‘बानेश्वरबाट घाइते भएका करिब ५० जनाजतिलाई हामीले एम्बुलेन्समा हालेर विभिन्न अस्पतालमा पुर्‍याएका हौं’ एम्बुलेन्स सेवाको समन्वय गरिरहेका महानगरपालिकाका एक कर्मचारीले भने, ‘उनीहरू सबैजसो गोली लागेर रगताम्य भएका घाइतेहरू हुन् । सामान्य प्रकृतिका घाइतेहरूको संख्या अलग हो ।’

महानगरपालिकाले घाइतेहरूलाई बानेश्वरबाट सिभिल, ट्रमा, पाटन लगायतका अस्पतालमा पुर्‍याएको थियो । केहीलाई एउटा अस्पतालमा उपचार सम्भव नभएपछि अर्कोमा समेत लगिएको ती कर्मचारीले बताए । काठमाडौं महानगरपालिका बाहेक अरूले पनि एम्बुलेन्सबाट घाइतेहरूलाई ओसारेका थिए ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  ४ : २३ बजे