२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेन-जेड आन्दोलनमा घाइतेहरुलाई गोकर्णेश्वर नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने



जेन-जेड आन्दोलनमा घाइते भएका बिरामीहरूको उपचार सहज बनाउन गोकर्णेश्वर नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ। नगरपालिकाले आफ्ना कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीको पहलमा रक्तदान गरेर नेपाल मेडिकल कलेजको ब्लड बैंकमा संकलन गरिएको रगत घाइते बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार, घाइतेले आवश्यक रगत लिनका लागि ९८४४२८०४१४ वा ९८४१३१६४२३ मा सम्पर्क गर्न सक्नेछन्।

यसैबीच, तत्काल रगत आवश्यक पर्ने सम्भावनालाई मध्यनजर गर्दै भोलि विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ। नगरपालिकाका अनुसार, यस कार्यक्रममा स्थानीय युवा, कर्मचारी तथा सरोकारवाला निकायको सक्रिय सहभागिता रहनेछ।

नगरप्रमुखले यस कदमलाई घाइतेहरूको जीवन रक्षामा महत्त्वपूर्ण पहलका रूपमा लिएको बताउँदै, “यो संकटको घडीमा हामी सबै एकजुट भएर घाइतेहरूको सहयोगमा लाग्नुपर्छ,” भनेका छन्।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  ५ : ३४ बजे