२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा



नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।

जेनजी प्रदर्शनकारीहरुमाथि प्रहरी दमन भए लगत्तै बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बसिरहने नैतिक अधिकार नभएको निर्णय गरेको हो ।

‘यति धेरै जनताको ज्यान लिने हत्यारो सरकारलाई अब सत्तामा बसिरहने नैतिक अधिकार छैन’ बैठकपछि प्रचार प्रमुख प्रकाश ज्वालाले जारी बक्तव्यमा भनिएको छ, ‘सरकारले आफ्नो वैधानिकता गुमाइसकेको छ । त्यसकारण हाम्रो पार्टी प्रधानमन्त्री र गृहमन्त्रीको तत्काल राजीनामा माग गर्दछ ।’

एकीकृत समाजवादीले जेनजीका जायज मागहरुप्रति ऐकेबद्धता जनाउने निर्णय पनि गरेको छ । तर जेनजी प्रदर्शनकारीहरुबाट आफ्नो पार्टी कार्यालय तोडफोड भएकोप्रति भने आपत्ति जनाउँदै कार्बाहीको माग गरेको छ

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  ७ : १४ बजे