२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेन-जी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ३४७ जना घाइते



काठमाडौं लगायत देशका विभिन्न स्थानमा भएको जेन-जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको तथ्यांक अनुसार हालसम्म १९ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा १७ जना र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको हो । दुई स्थानमा गरेर हालसम्म १९ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

प्रदर्शनमा हालसम्म ३४७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र त्यसमध्ये डेढ दर्जनको अवस्था गम्भीर रहेकोसमेत मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  ७ : १६ बजे