२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीकाे नियन्त्रणमापक्राउ पर्न थाले प्रदर्शनमा उत्रिएका युवा



कर्फ्यु अवज्ञा गर्दै काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफन्तहरुले सरकारको विरोध गर्दै नयाँबानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन् । तीमध्ये केही पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।

नयाँबानेश्वरको संसद भवन अगाडि र वरपरको क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । उनीहरु सडक बन्द गराउने ब्यारिकेड लगाएर बसेका छन् ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार ००:००  १० : ०३ बजे