२०८२, २९ चैत्र आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाक्सामा कांग्रेसका वडासचिव सहितका नेता नेकपामा प्रवेश



ओखलढुंगा । ओखलढुंगाको वाक्सामा नेपाली कांग्रेसका वडा कार्यसमिति सचिव सहितका नेताहरु नेकपामा प्रवेश गरेका छन् । विहिबार नेकपा वाक्साको आन्तरिक संगठन सुदृढिकरण कार्यक्रममा नेपाली कांग्रेस वाक्साका सचिव नारद प्रसाद भटराई सहितका कांग्रेसका प्रभावशाली नेताहरु नेकपामा प्रवेश गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित पूर्व वडा अध्यक्षहरु अम्बरबहादुर तामाङ, शंशर बहादुर कार्की कांग्रेसका प्रभावशाली नेताहरु चन्द्रकान्त भटराई (शास्त्री), चंखबहादुर श्रेष्ठ, निर्प बहादुर कार्की, मोहनबहादुर कार्की, भेनकुमार श्रेष्ठ सहितका नेताहरु नेकपामा प्रवेश गरेको नेकपा नेता उमेश कार्कीले जानकारी दिए ।

उनीहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष मोहन खड्का, जिल्ला सचिव मोहन श्रेष्ठ लगायतले पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७७, ११ भदौ बिहिबार ००:००  ९ : ५१ बजे