२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हत्याराको हनुमान नबन्ने भन्दै एमालेको भोटेकोशी गाउँपालिका सचिवले पार्टी त्यागे



नेकपा एमाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका सचिव नोर्साङ शेर्पाले एमाले पार्टी परित्याग गरेका छन् । सोमबार राजधानीमा जेनजी पुस्ताको आन्दोलनमा बल प्रयोग गरेर सरकारले हिंसाको रुप दिएको भन्दै एमालेको १५ वर्षे इतिहाँस र सदस्यता समेत त्याग गरेको शेर्पाले घोषणा गरेका हुन् ।

२०६८ साल साउन २९ गते सदस्यता लिएर एमालेमा सकृय शेर्पाले बालबालिका माथि बरबरता पूर्ण दमन गरेका कारण पार्टी त्याग गरेको बताएका छन् । ‘साना साना नानी बाबु मार्ने सत्ताका हिमायतीहरुको हनुमान बन्न सक्दिनँ ।’ उनले भने ।

जेनजीले सुरुगरेको आन्दोलनलाई समर्थन जनाउँदै यस अभियानमा जुट्न उनले सबैमा अपिल परेका छन् ।

प्रकाशित मिति : २०८२, २४ भदौ मंगलबार ००:००  ११ : ३४ बजे